Sajhamanch Archive

माओवादी केन्द्रले पार्टी छाडेकालाई कारबाही गर्‍यो

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी छाडेकालाई केन्द्रीय कमिटीको बैठकमार्फत साधारण सदस्यबाटै हटाउने निर्णय गरेको छ ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको आज बसेको भर्चुअल बैठकले पार्टी छाडेकालाई कारबाही गर्ने निर्णय गरेको हो ।

“पहिला केन्द्रीय कमिटीले अध्यक्षलाई अख्तियारी दिएको थियो,” नेता लीलामणि पोख्रेलले भने, “अध्यक्षले कारबाही गरेको विषयलाई निर्वाचन आयोगले मानेन । आज केन्द्रीय कमिटीको बैठक बसेर निर्णय गरेका छौँ ।”

माओवादी केन्द्रका पदाधिकारीसहित १७ केन्द्रीय सदस्य एमालेमै रहेका छन् ।

“निर्वाचित प्रतिनिधि १४ जना रहेका छन्,” उनले भने, “उनीहरुलाई कारबाही गरिएको छ ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *