Sajhamanch Archive

मध्याह्न १२ बजेसम्म विराटनगरका सबै पसल खुला

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज, by .

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा निषेधाज्ञा केही खुकुलो गरेको छ । मंगलबारदेखि असार १४ गतेसम्मका लागि थपिएको निषेधाज्ञामा दैनिक मध्याह्न १२ बजेसम्म सबै पसल खोल्न दिने निर्णय गरिएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले निषेधाज्ञा थप भएको र मध्याह्न १२ बजेसम्म सबै पसल खुला गर्न दिने निर्णय भएको बताए । विराटनगरमा आज बिहानैदेखि सबै प्रकारका पसल खुलेका छन् ।

दैनिक कोरोनाका नयाँ संक्रमितको संख्या ५० हाराहारी र कहिले त्योभन्दा कम आउन थालेको छ । तर, महानगरपालिकाभित्र सक्रिय संक्रमितको संख्या भने नौ हजारभन्दा धेरै छ ।

प्रशासनले यसअघि अति आवश्यक पसल र पुस्तक पसल बिहान ११ बजेसम्मका खोल्न दिएको थियो । प्रशासनले स्वास्थ्य सावधानी अपनाउन र हेलचेक्र्याइँ नगर्न सूचित गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *