Sajhamanch Archive

एमालेको एकता जोगाउन भीम आर्चायका ६ बुँदे सुझाव

Published: in मिडियाबाट साभार, राजनीति, by .

काठमाडौं । नेकपा (एमाले) खनाल–नेपाल समूहका स्थायी कमिटी सदस्य भीम आचार्यले एमालेलाई एकताबद्ध बनाउन ६ बुँदे सुझाव दिएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत २०६२/६३ को जनक्रान्तिले ल्याएका उपलब्धिहरु संकटमा परेको बताएका छन् ।

“यति बेला नेकपा विभाजन र एमालेभित्रको किचलोले सिंगो राष्ट्रिय राजनीति विथोलिएको छ । २०६२/६३ को जनक्रान्तिले ल्याएका उपलब्धिहरु संकटमा परेका छन् । अहिले नेकपा एमालेभित्र घात–प्रतिघात, गुट–उपगुट, विश्वास–अविश्वास, कारबाही–प्रतिकारबाही, समर्थन–विरोधजस्ता क्रियाकलापहरु भइरहेका छन् । गत फागुन २८ गते एमालेको नाममा एउटा गुटले गरेका विभाजनकारी निर्णय र गतिविधिहरु यसको मुख्य स्रोत हो,” उनले भनेका छन् ।

उनले गत फागुन २३ पछि नेकपा एमालेका नाममा गरेका सबै गुटका सबै निर्णयहरु खारेज गरिनुपर्नेलगायत सुझाव दिएका दिएका छन् ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *