निषेधाज्ञा खुकुलो भएसँगै बजारमा बढ्यो चहलपहल
Published: (Updated: )
by .झापा । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड – १९)का कारण गत वैशाख २२ गते १२ बजे रातीदेखि बन्द रहेका पूर्वी नेपालका मुख्य बजारहरू आजबाट खुल्न थालेका छन्।
झापा, मोरङ तथा सुनसरीका मुख्य बजारहरू मध्यान्ह १२ बजेसम्मका लागि खुल्ला गरिएको छ । कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि जारी गरिएको निषेधाज्ञा जिल्लाहरूमा अहिले पनि कायमै छ।
तर बजार भने मध्यान्ह १२ बजेसम्मका लागि पसलहरू खोल्न दिने प्रशासनले अनुमति दिएको छ।
पूर्वी तराईकै मुख्य व्यापारिक केन्द्र विर्तामोडमा झन्डै दुई महिना पसल बन्द गरेर घरमा बसेका व्यापारीहरू (आज) मंगलबार बिहानदेखि पसलका सटर खोलेर धुलो टक्टक्याउन थालेका छन्।
कपडा पसलका व्यापारीहरु कपडा बिग्रियो कि, वा मुसाले काट्यो भन्दै कपडा केलाएर हेर्दै छन्। तर सवारी साधन सञ्चालनमा लगाइएको रोकले व्यापारीहरुले ग्राहक पाउन भने सकिरहेका छैनन्।
Comments