Sajhamanch Archive

गुडिरहेको टिपरमा आगलागी

Published: in मिडियाबाट साभार, समाज, by .

लहान । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–१०, प्रयागपुरमा गुडिरहेको टिपर आज बिहान आगलागी हुँदा जलेर नष्ट भएको छ ।

इँटा बोकेर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१क ५५५१ नम्बरको टिपरमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । गुड्दै गरेको टिपरमा आगलागी भएपछि चालकले हामफालेर ज्यान जोगाएको स्थानीयवासीले बताएका छन् ।

समयमा आगो निभाउन नसक्दा टिपर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । बीच सडकमै जलेको टिपर हटाउने र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *