Sajhamanch Archive

आराविका तत्कालीन महानिर्देशक शर्मासहित तीनजना विरुद्ध एक अर्ब ३३ लाखको भ्रष्टाचार मुद्दा दायर

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, by .

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तीनजनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र शर्मालाई एक अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ कर छुट दिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

ती पदाधिकारीले कानुनविपरीत बदनियतपूर्वक कर छुट दिएको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *