सर्वसम्मतरुपमा प्रदेश १ को बजेट पारित
Published:
by .बिराटनगर । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/०७९ को लागि ल्याएको बजेट बुधबार प्रदेशसभामा सर्वसम्मतले पारित भएको छ ।
दुई दिनसम्म चलेको बजेट माथिको छलफलमा प्रदेशसभा सदस्यहरुले उठाएको प्रश्नहरुको आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले जवाफ दिएका थिए ।
मन्त्री आङ्बुहाङले बुधबार प्रदेशसभा बैठकमा आउँदो वर्षका लागि बजेट कार्यान्वयन गर्न ल्याएको विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव गरेका थिए । उनले गरेको प्रस्ताव सभामुख प्रदीपकुमार भण्डारीले सदनमा निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मत रुपमा ध्वनी मतले पारित गरेको हो ।
मन्त्री आङ्बुहाङले आउँदो आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका थिए ।
Comments