Sajhamanch Archive

आज पनि संसद् विघटनविरुद्धको रिटमा बहस हुँदै

Published: in मिडियाबाट साभार, राजनीति, by .

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि संसद् विघटनविरुद्धको रिटमा बहस हुँदै छ । प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवा मुख्य निवदेक रहेको रिटमा आज दोस्रो दिन पनि बहस हुन लागेको हो ।

निवेदकका तर्फबाट हिजो वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, महादेवप्रसाद यादव र शम्भु थापा तथा अधिवक्ताहरु खम्बबहादुर खाती र गोविन्द्रप्रसाद शर्मा बन्दीले बहस गरेका थिए ।

निवेदकका तर्फबाट १५ घण्टा बहस गरिनेछ । त्यसपछि प्रतिवादीका तर्फबाट पनि १५ घण्टा नै बहस गरिनेछ ।

एमिकस क्युरीका चारजनाले आफ्नो राय दुई घण्टाभित्र राख्नेछन् । त्यसपछि सुनुवाइको प्रक्रिया सुरु हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *