Sajhamanch Archive

सिम्रिक साकोसद्वारा एकजना ऋणिको सवातीन लाख रुपैयाँ कर्जा मिनाहा

Published: in समाज, सहकारी by .

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना एकजना मृतक शेयर सदस्यको सवातीन लाख रुपैयाँ कर्जा मिनाहा गरिदिएको छ ।

संस्थाको बिर्तामोड सेवा केन्द्र अन्तरगतका सदस्य रेनुका खड्काको असार ०२ गते बुधबारका दिन ५३ बर्षको उमेरमा निधन भएकोले उनको नाममा रहेको तीन लाख २४ हजार ६१२ रुपैयाँ कर्जा मिनाह गरिएको हो ।

खड्काको निधनप्रति सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले श्रद्धाञ्जली अर्पण गर्दै संस्थाको तर्फबाट कर्जा मिनाहाको पत्र परिवारलाई बुझाएको छ । योसँगै रेनुका खड्काको उपचारमा लागेको खर्च वापत संस्थाले एक लाख ४५ हजार रुपैयाँ राहत स्वरुप परिवारलाई प्रदान पनि गरेको छ ।

स्वर्गीय खड्का संस्थाका कर्मचारी पुजन खड्काकी आमा हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *