Sajhamanch Archive

अस्पतालहरुलाई सात दिनभित्र शुल्क विवरण सार्वजनिक गर्न मन्त्रालयको आग्रह

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य, by .

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई आफ्नो सेवा शुल्क सार्वजनिक गर्न तकेता पत्र लेखेको छ ।

सबै सरकारी, सामुदायिक, निजी तथा सहकारी स्वास्थ्य संस्थाहरुलाई उक्त अस्पतालबाट उपलब्ध हुने सेवाको शुल्क आफ्नो वेबसाइटमा राख्न ताकेता गरेको हो ।

यसअघि, जेठ १८ गते मन्त्रालयले बिरामीको उपचार शुल्क सात दिनभित्र सार्वजनिक तथा पारदर्शी गर्न निर्देशन दिँदै पत्र लेखेको थियो । उक्त निर्देशन धेरै अस्पतालहरुले पालना गरे पनि केही अस्पतालहरुले अझै शुल्क विवरण सार्वजनिक नगरेको भन्दै मन्त्रालयले ताकेता पत्र पठाएको हो ।

शुल्क विवरण सार्वजनिक नगर्ने स्वास्थ्य संस्थालाई कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *