निषेधाज्ञा खुकुलो भएसँगै भिसा लगाउन युवाहरू काठमाडौंमा
Published:
by .काठमाडौं । निषेधाज्ञा खुकुलो भएसँगै देशका विभिन्न जिल्लाका युवाहरू वैदेशिक रोजगारमा जान भिसा लगाउन काठमाडौं आउन थालेका छन् । कोरोना संक्रमण दरमा कमी आएपछि सरकारले निषेधाज्ञा केही खुकुलो गरेसँगै देशका विभिन्न जिल्लाबाट युवाहरू वैदेशिक रोजगारीका लागि भिसा लगाउन काठमाडौं आउन थालेका हुन् ।
महोत्तरीका निजिम राजा करिब १ वर्ष कतार बसेर फर्किएका थिए । त्यतिबेला कतार जादा मेनपावरले भने बमोजिमको काम र तलब नपाउँदा उनी घर फर्किएका थिए । त्यतिबेला लागेको ऋण तिर्न उनी अहिले फेरि कतारको भिसा लगाउन काठमाडौं आएका छन् ।
सर्लाहीका अमर महता पनि नेपालमा भनेजस्तो रोजगारी नपाएपछि कतारको भिसा लगाउन आएका छन् ।
Comments