Sajhamanch Archive

स्वास्थ्य मन्त्रालयले सबै जिल्लामा अक्सिजन बैंक स्थापना गर्ने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by .

काठमाडौं । सरकारले केन्द्रदेखि जिल्लाका सबै स्वास्थ्य केन्द्रहरुमा अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना तथा सञ्चालन कार्यविधि २०७८ मा केन्द्रदेखि जिल्ला स्वास्थ्य कार्यालयसम्म अक्सिजन संचय गरिने उल्लेख छ ।

कार्यविधिअनुसार अक्सिजनको व्यवस्थापन तथा वितरण सहज गर्न संघमा स्वास्थ्य सेवा विभाग, प्रदेशमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र जिल्लामा स्वास्थ्य कार्यालयको स्टोरमा अक्सिजन बैंक स्थापना गरिने छ ।

यसरी स्थापना गरिने अक्सिजन बैंकमा एकजना स्टोर किपर वा सम्पर्क व्यक्ति राखिनेछ, जसलाई अक्सिजन संकलन, भण्डारण, वितरण, तथा तिनको अभिलेखको जिम्मेवारी दिइनेछ ।

जिल्लास्थित हरेक अक्सिजन कन्सन्ट्रेटर बैंकमा सो जिल्लामा रहेका अस्पताल शैयाको २० प्रतिशत कन्सन्ट्रेटरहरु बफर स्टकको रुपमा राख्नुपर्नेछ ।

संघ र प्रदेशको समन्वयमा एक अक्सिजन कन्सन्ट्रेटर अर्को जिल्लाको बैंकमा लैजान सक्ने व्यवस्था पनि कार्यविधिमा गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *