Sajhamanch Archive

सार्वजनिक सवारीमा जोरबिजोर लागु गर्नेबारे आज निर्णय हुँदै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं । काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा थपिने भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

निषेधाज्ञाको मोडालिटीबारे अन्तिम टुङ्गो लगाउन अहिले बिहान १० बजे तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ ।

बैठकपछि लकडाउन कस्तो बनाउने भन्नेबारेमा सूचना जारी गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय ललिपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले सार्वजनिक सवारी साधनमा जोरबिजोर लागु गर्नेबारे छलफल भइरहेको जानकारी दिए । उनले भने, ‘‘२० सिट क्षमताभन्दा बढी क्षमता भएका सवारीमा जोर बिजोर लागु गरिनेबारे छलफल भइरहेको छ । निर्णयको टुंगो लागिसकेको छैन । सोमबार बिहान १० बजेसम्म निर्णय निकालिनेछ ।”

सार्वजनिक सवारी सञ्चालन गर्दा हुने भिडभाड क्षेत्र र अन्य भिडभाड हुने क्षेत्र कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल भइरहेको प्रजिअ निरौलाको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *