Sajhamanch Archive

उत्तरी अफगानिस्तानमा सैनिक कारबाही, ११ तालिबानीको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार, by .

काबुल । अफगानिस्तानको उत्तरी बडाखसान प्रान्तमा शनिबार राति सेनाले गरेको कारबाहीमा कम्तीमा ११ जना तालिबानी लडाकू मारिएका छन् । अफगानिस्तानको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रान्तका विभिन्न भागमा भएका ती कारबाहीमा अरु १७ जना लडाकू घाइते भएका छन् ।

मन्त्रालयले स्थानीय प्रतिरोध समूहसँग मिलेर सेनाले तिस्कान, बाहाराक, तगाब, किसिम र जुर्म जिल्लामा आइतबार राति कारबाही गरेको जनाएको छ । तालिबानका डिभिजनल कमान्डर हम्जा पनि उक्त कारबाहीमा घाइते भएका छन् । सेनाले तालिबानी समूहका हातहतियार र गोलाबारुद पनि ध्वस्त पारिदिएको छ ।

उक्त घटनाका बारेमा तालिबान समूहले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

गत मे १ देखि अमेरिकी र नेटो सैनिक अफगानिस्तानबाट फिर्ता हुन थालेयता देशका विभिन्न भागमा हिंसात्मक घटनाहरु निकै बढेका छन् । तालिबान समूहसँग भएको सम्झौता बमोजिम करिब तीन हजार ५०० अमेरिकी र सात हजार नेटो सैनिक आगामी सेप्टेम्बर ११ अगावै स्वदेश फर्किनेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *