हकदावी सम्बन्धी ३५ दिने सार्वजनिक सूचना
Published:
by .असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा
हकदावी सम्बन्धी ३५ दिने सार्वजनिक सूचना
प्रथमपटक प्रकाशित मितिः २०७८/३/१५
जिल्ला झापा मेचीनगर–१५ बस्ने स्व.आनन्दकुमार राजवंशी (सदस्य नं. ४६०३६) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल जेठ ७ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर–१५ बस्ने निजकी श्रीमती प्रमीलाकुमारी राजवंशीले आफ्नो श्रीमान्को नाममा संस्थामा मौज्दात रहेको सेयर नामसारी र बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७८ साल असार ९ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता तथा सेयर नामसारी गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए स–प्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउन हुन यो सूचना जारी गरिएको छ । अन्यथा कानून बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
एनएमसी धुलाबारी कार्यालय
Comments