Sajhamanch Archive

भारतद्वारा अग्नि पीको सफल परीक्षण

Published: in विश्व समाचार, by .

नयाँदिल्ली । भारतले सोमबार बालासोरको ओडिशाको तटमा रहेको डा. एपीजे अब्दुल कलाम टापुबाट परमाणु सक्षम मिसाइलको नयाँ संस्करण अग्नि पीको सफल परीक्षण गरेको छ।

रक्षा मन्त्रालयले सोमबार एक विज्ञप्ति प्रकाशन गरेर भनेको छ, ‘पूर्वी तटस्थित विभिन्न टेलिमेट्री र रडार स्टेशनहरूले मिसाइलको निगरानी गरेको थियो। मिसाइलका लागि निर्धारण गरिएको सम्पूर्ण नियमको अनुसरण गर्दै अभियानको उद्देश्यको पनि पूर्ति गरेको छ।’

अग्नि पी एक नयाँ संस्करणको मिसाइल हो। अग्नि पी धातुबाट बनेको एक मिसाइल हो, जसको दायरा क्षमता १,००० र २,००० किलोमिटर बीच रहेको छ।

यो मिसाइल अग्नि ३ भन्दा ५० प्रतिशतले हल्का छ र यसमा नयाँ र आधुनिक उपकरण जडान गरिएको छ। धातुबाट बनेको कारण यो मिसाइल रेल र सडकबाट प्रक्षेपण गर्न सकिन्छ । जहाँ पनि लामो अवधिको लागि भण्डारण गर्न र सञ्चालन आवश्यकता अनुसार सम्पूर्ण देशभरि ढुवानी गर्न सकिन्छ।

१,००० र २,००० किलोमिटर को दायरा क्षमता रहेको कारणले सो मिसाइले हिन्द–प्रशान्त क्षेत्रमा आफ्ना शत्रुमा पनि लक्षित गर्न सकिन्छ।

त्यस्तै जून महिनाको २५ तारिखमा डीआरडीओले ओडिशाको तटमा रहेको चंडीपुरको एकीकृत परीक्षण दायरा (आईटीआर) मा मल्टि–ब्यारेल रकेट लान्चर (एमबीआरएल)बाट स्वदेश निर्मित पिनाका रकेटको सफल परीक्षण गरेको थियो ।

जम्मा २५ वटा त्यस्ता पिनाका रकेटको सफल परीक्षण गरिएको थियो। यस क्रममा सम्पूर्ण उद्देश्यको प्राप्ति भएको थियो। पिनाका रकेट प्रणालीले ४५ किमी दूरीसम्म रहेको आफ्नो लक्षलाई नष्ट गर्नसक्छ।

उही दिन भारतीय प्रमुख रक्षा अनुसन्धान संगठनले स्वदेश निर्मित १२२ एमएम कालिबर रकेटको सफल परीक्षण गरेको थियो। उक्त परीक्षण ओडिशाको तटमा रहेको चंडीपुरको आईटीआरमा मल्टि–ब्यारल रकेट लन्चर (एमबीआरएल)बाट गरिएको थियो।

जम्मा ४ वटा त्यस्ता १२२ एमएम रकेटको सफल परीक्षण गरिएको थियो। यस क्रममा सम्पूर्ण उद्देश्यको प्राप्ति भएको थियो। यी रकेटहरू सेनाको प्रयोगको लागि विकसित गरिएको हो। यसले ४० किमी दूरीसम्म रहेको आफ्नो लक्षलाई नष्ट गर्नसक्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *