Sajhamanch Archive

प्रदेश–१ को प्रदेशसभा बैठक असार २० सम्म स्थगित

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, by .

विराटनगर । प्रदेश नम्बर–१ को प्रदेशसभा बैठक मंगलबार पनि अवरुद्ध भएको छ । नेकपा (माओवादी केन्द्र)को अवरोधपछि प्रदेशसभा बैठक यही असार २० गतेसम्मको लागि स्थगित गरिएको छ ।

भौतिक पूर्वाधारमन्त्री अम्मिरबाबु गुरुङले सदनसमक्ष माफी माग्नुपर्ने र माओवादी सांसद मोहन खड्कालाई रोस्ट्रमबाटै ‘भिजन नभएको नेता’ भनी दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग गर्दै माओवादीका सांसदले प्रदेशसभा अवरुद्ध गर्दै आएका छन् ।

भौतिक पूर्वाधार मन्त्रालयतर्फ विनियोजित बजेट तथा कार्यक्रममाथिको छलफलपछि जवाफ दिने क्रममा मन्त्री गुरुङ व्यक्तिगत आक्षेपमा उत्रिएको माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रको अवरोधपछि मंगलबार तीन मिनेट मात्र बैठक बसेर स्थगित गरिएको हो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *