Sajhamanch Archive

४७ अंकले घट्यो नेप्से, कारोबार रकम डेढ महिनायताकै न्यून

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by .

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट भएको छ । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ४७.४९ अंकको गिरावट हुँदा २८२८ अंकमा बन्द भएको छ ।

बजार परिसूचकसँगै कारोबार रकम पनि घटेर डेढ महिनायताकै न्यून रकमको कारोबार भएको छ । आज नेप्सेमा गएको वैशाख ३० गतेयताको न्यून रकमको कारोबार भएको हो ।

यसअघि, जेठ ३० गते नेप्सेमा अहिलेसम्कै उच्च एकै दिनमा १९ अर्ब ५५ करोडसम्मको कारोबार भएको थियो । त्यसयता नेप्सेमा कारोबार रकम लगातार घटिरहेको छ ।

आज नेप्सेमा १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७२ करोड ६३ लाख ६२ हजारको कारोबार भएको छ । आज नेप्सेमा लघुवित्त उपसूचकबाहेक सबै उपसूचकमा गिरावट भएको छ ।

लघुवित्त उपसूचक ०.५१ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक भने सर्वाधिक ४.११ प्रतिशतले घटेको छ । मौद्रिक नीति नजिकिएसँगै विभिनन हल्लाले गर्दा लघुवित्तमा लगानीकर्ताको आकर्षण देखिए पनि त्यसबाहेकको सबै उपसूचकमा गिरावट भएको हो ।

आज नेप्सेमा विकास बैंक उपसूचक ३.९५ प्रतिशत, लगानी उपसूचक ३.४३ प्रतिशत, हाइड्रोपावर उपसूचक २.६३ प्रतिशत, अन्य उपसूचक २.३५ प्रतिशत र बजारलाई लिड गर्ने बैंकिङ उपसूचक १.३६ प्रतिशतले वृद्धि भएको छ ।

आज कारोबार रकममा राधि विद्युत् कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४९ करोड ८३ लाख ३५ हजारको कारोबार हुँदा नेसनल हाइड्रोपावरको ३६ करोड ७८ लाख ५० हजार र जलविद्युत् लगानी तथा विकास कम्पनीको २९ करोड ६७ लाख ५३ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा १८३ कम्पनीको सेयर किनबेच हुँदा १४६ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै, ३५ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

ओरियन्टल होटेलको सेयर मूल्य सर्वाधिक ५.७६ प्रतिशतले वृद्धि हुँदा गुराँस लघुवित्तको ४.२५ प्रतिशतले बढेको छ ।

यता, प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य ८.५५ प्रतिशतले गिरावट हुँदा जलविद्युत् लगानी तथा विकास कम्पनीको सेयर मूल्य ८.०७ प्रतिशत र वेस्ट फाइनान्सको सेयर मूल्य ८.०१ प्रतिशतले घटेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *