Sajhamanch Archive

टर्कीले नेपालसहित ६ मुलुकबाट हुने सिधा उडान रोक्यो

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, by .

काठमाडौं । टर्कीले कोरोना भाइरसको महामारी फैलन सक्ने आंशकाका बीच सोमबारबाट नेपालसहित ६ वटा मुलुकबाट हुने सिधा उडानमा रोक लगाएको छ ।

यसले यूरोप र अमेरिकामा हुने नेपालीहरुको यात्रा समेत प्रभावित हुने भएको छ । अहिले टर्कीबाट काठमाडौंका लागि टर्किस एयरलाइन्सले सातामा दुई उडान गरिरहेको छ ।

नेपाल सरकारले उडान खुला गरेपनि टर्की सरकारले भने नेपालसहित भारत, माल्दिम्भ, श्रीलंका, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने सबै सिधा उडानमा रोक लगाएको हो ।

अन्य मुलुकबाट टर्की छिर्दा समेत यी ५ मुलुकमा पछिल्लो १४ दिन यता रहेको भए ७२ घण्टा भित्रको पिसिआर रिर्पोट अनिवार्य र १४ दिन क्वारेन्टिन बस्ने गरि मात्र टर्की प्रवेश गर्न दिने निर्णय त्यहाँको आन्तरिक मामिला मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।

पाकिस्तान र अफगानिस्थानबाट जाने यात्रुलाई भने १० दिन क्वारेन्टिन अनिवार्य गरिएको छ । नेपाल सरकारले भने अघिल्लो साता मात्र नेपालमा कोरोना महामारी कम भएको भन्दै अन्तराष्ट्रिय उडानका प्रतिवन्ध खुकुलो बनाउने निर्णय गरेको थियो । जसमा टर्की पनि एक हो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *