Sajhamanch Archive

नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग, केन्द्रीय कमिटीमा रूपान्तरण

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गरिएको छ ।

आज बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले उक्त कमिटी भंग गर्दै त्यसलाई केन्द्रीय कमिटीमा रूपान्तरण गरेको हो ।

रूपान्तरित केन्द्रीय कमिटीको बैठक यही असार १८ गते काठमाडौंमा बस्ने गरी आह्वान गरिएको विघटित महाधिवेशन आयोजक कमिटीका एक सदस्यले जानकारी दिए ।

आजको निर्णयसँगै एमाले २०७५ जेठ २ गतेको केन्द्रीय कमिटीमा रूपान्तरण भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *