Sajhamanch Archive

खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

Published: in मिडियाबाट साभार, राजनीति, by .

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दैछ । बैठक केही बेरमा बस्ने स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएका छन् । उक्त बैठकमा सहभागी हुने अथवा नहुने विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

हिजो बालुवाटारमा महाधिवेशन आयोजक कमिटी भंग गरी केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

उता, एमालेका दोस्रो तहका नेताहरुको सक्रियता बढेको छ । पार्टी एकताका विषयमा बुधबार साँझ छलफल गरेका नेताहरुबीच बिहीबार बिहान पनि छलफल भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *