Sajhamanch Archive

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध नाराबाजी

Published: in राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । विपक्षी गठबन्धननिकट विद्यार्थीहरुले आज सरकारका पछिल्ला कदमविरुद्ध प्रदर्शन गरेका छन् । काठमाडौंको प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गरिएको हो ।

उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए । राष्ट्रपति र प्रधानमन्त्रीको पुतला पनि जलाइएको थियो ।

पुतला जलाउनबाट रोक्न खोज्दा विद्यार्थी र प्रहरीबीच घम्साघम्सी भएको थियो । प्रहरीको धरपकडका बीच विद्यार्थीहरुले पुतला दहन गरेका थिए । संयुक्त विद्यार्थी संगठनको ब्यानरमा विरोध गरिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *