Sajhamanch Archive

राष्ट्रिय फुटबल टोलीका २० जनामा कोरोना संक्रमण, बन्द प्रशिक्षण सर्‍यो

Published: in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by .

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी र अफिसियल गरी २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा_ का प्रवक्ता किरण राईले खेलाडी र अफिसियल गरि २० जनामा कोरोना देखिएको पुष्टि गरे ।

राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु गर्नुअघि गरिएको कोरोना परीक्षणमा २० खेलाडी र अफिसियलमा कोरोना पोजेटिभ देखिएको हो । प्रवक्ता राईका अनुसार कोरोना देखिएका खेलाडी र अफिसियल होम आइसोलेसनमा रहेका छन् ।

कोरोना देखिएका कारण नै एन्फाले फुटबल टोलीको बन्द प्रशिक्षण एक साताका लागि धकेलिएको थियो । “ठूलो संख्यामा राष्ट्रिय टोलीको खेलाडी र अफिसियलमा कोरोना देखिएको छ । त्यसैले हामीले पुन परीक्षणका लागि पठाएका छौँ । त्यसको रिपोर्ट पनि चाँडै आउनेछ,” राईले बाह्रखरीसँग भने ।

एन्फाले आज (बिहीबार) बाट टिममा बन्द प्रशिक्षण सुरु हुने बताएको थियो । अब टिमको बन्द प्रशिक्षण जुलाई ७ बाट सुरु हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *