Sajhamanch Archive

एमाले केन्द्रीय कमिटी बैठक टेन्टमा बस्दै

Published: in मिडियाबाट साभार, राजनीति, by .

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक केही समयमा बस्दै छ ।

पार्टी कार्यालय थापाथलीमा पर्याप्त ठाउँ नभएपछि बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । बालुवाटारमा पनि स्थान अभावका कारण टेन्टमा बैठक बस्ने लागेको छ । नेताहरु बालुवाटार आउने क्रम जारी छ ।

बैठकमा खनाल–नेपाल समूह नजाने भएको छ भने कुनै पनि गुटका बैठकमा सहभागी नभएका उपाध्यक्ष वामदेव गौतम भने आजको सहभागी हुने भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *