साहित्यकार ओलीलाई दीर्घ साहित्य सेवा पुरस्कार
Published:
by .अर्जुनधारा । अर्जुनधारा नगरपालिका भाषा, कला, साहित्य तथा सँस्कृति प्रवद्र्धन समितिले पहिलो पटक प्रदान गर्न लागेको ‘अर्जुनधारा दीर्घ साहित्य सेवा पुरस्कार– २०७८’ बाट झापाका अगुवा साहित्यकार सरोज ओली सम्मानित हुने भएको छन् ।
नगद ५१ हजार रुपैयाँ सहित ताम्रपत्रबाट पुरस्कृत व्यक्तिलाई सम्मान गर्न लागिएको भाषा, कला, साहित्य तथा सँस्कृति प्रवद्र्धन समिति, अर्जुनधाराकी संयोजक सुशिला सुबेदीले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएकी हुन् । ओली आधा शताब्दिभन्दा बढीबाट साहित्य क्षेत्रमा क्रियाशील छन् ।
साहित्यको क्षेत्रमा राष्ट्रिय नेतृत्व प्रदान गर्ने गरी साहित्यकारहरु जन्माउन सफल अर्जुनधारा नगरपालिकाले साहित्यको क्षेत्रमा गरेको यो नै सबैभन्दा ठूलो कार्य रहेको छ । आगामी असार २५ गते अर्जुनधारा नगरपालिकाको शनिश्चरे बजारस्थित सामुदायिक भवनमा एक कार्यक्रमबीच उक्त पुरस्कार वितरण गरिदैँछ ।
Comments