Sajhamanch Archive

रिभर साइड बिर्तामोडको युवा सचेतना कार्यक्रम

Published: in समाज, स्थानीय तह by .

बिर्तामोड । बिर्तामोडको रिभर साइड फाउन्डेसनले युवा सचेतना कार्यक्रमलाई तिव्रता दिएको छ । फाउन्डेसनले बिर्तामोड नगरपालिकाको सहकार्यमा अभियान शुरु गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका उपप्रमुख पबित्रा महतरा प्रसाईले युवा लक्षित कार्यकमले बिर्तामोडका युवालाई दुव्र्यसनिबाट बचाउन र भावी युवा पुस्तालाइ सकारात्मक सोचका साथ अघि बढ्न मद्दत पुग्ने बताएकी छन्। सो कार्यक्रम साताभरी सञ्चालन हुने भएको छ ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नगरपालिकाका प्रशासकिय अधिकृत देवराज कार्कीले बिदेश जाने र उतै पलायन हुने युवालाई रोक्ने किसिमका युवा लक्षित कार्यक्रम ल्याउन र ल्याएका कार्यक्रमलाई नगरपालिकाले सहजीकरण गरिदिने बताएका छन्।

युवा सहजीकरण कार्यक्रममा सहभागिका तर्फबाट बिमा व्यवसायी सोम नेम्वाङ तथा नेपाल विचार मञ्च सदस्य, गिता दाहालले युवालाई स्थानिय तहमै आत्मनिर्भर हुने किसिमका जिम्मेवारी दिनुपर्नेमा जोड दिएका थिए।

संस्थाका उपाध्यक्ष राज पौडेलको सभापतित्वमा संचालित कार्यक्रममा उपाध्यक्ष तारा कार्किले स्वागत गरेकी थिइन् भने पहिलो सत्रमा महासचिव रेवती खनाल तथा समापन सत्रको सन्चालन सचिव राजकुमार ओलीले गरेका थिए । सहजकर्ता बिजय तिम्सिनाले सहजिकरण गर्को कार्यक्रममा सस्थाका सस्थापक अध्यक्ष बलबद्र प्रसाईं, पुर्व अध्यक्ष लब घिमिरे, सन्जिव चापागाईं लगाएतले शुभकामना राखेका थिए।

विगत १० वर्षदेखि अदुवा खोला सरसफाई अभियान तथा बिर्तामोड दुव्र्यसनी विरुद्धको शहर बनाउन लागि परेको संस्थाले आउने दिनमा अझ सशक्त युवा लक्षित कार्यक्रम लिएर आउने सचिव राजकुमार ओलीले जानकारी दिएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *