Sajhamanch Archive

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कुवेत दूतावास बन्द

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

काठमाडौं । कुवेतमा रहेको नेपाली दूतावासले भौतिक उपस्थितिमा गर्नुपर्ने सेवा प्रवाह आजदेखि बन्द गरेको छ ।

दूतावासका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि भौतिक रुपमा प्रवाह गरिने सेवा राहदानी नवीकरण, कागजात प्रमाणीकरण, कागजात जारी लगायतका काम अर्को सूचना जारी नभएसम्मको लागि बन्द रहने दूतावासले जनाएको छ ।

यस अवस्थामा अत्यावश्यक सेवाबारे जानकारी लिनुपरेमा दूतावासको सम्पर्क नम्बर २५३२१६०३/२५३२१६०४/२५३२१६०५ मा फोन गरेर बुझ्न सकिने दूतावासले जनाएको छ । यस्तै दूतावासको इमेल [email protected] मार्फत पनि सम्पर्क गर्न सकिनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *