Sajhamanch Archive

फिलिपिन्समा सैनिक सवार विमान दुर्घटनाग्रस्त

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

काठमाडौं । फिलिपिन्समा ९२ जना सैनिक सवार एउटा मालवाहक विमान आइतवार दुर्घटनाग्रस्त भएको छ ।

फिलिपिन्सको दक्षिण–पश्चिममा रहेको सुलु प्रान्तको जोलो टापुमा सी–३० विमान अवतरण गर्ने प्रयास गरिरहेको समयमा दुर्घटनाग्रस्त भएको खबर आइरहेका छन् ।

सुरक्षा बलका प्रमुख किरिलिटो सोबेजानाले जलिरहेको विमानको भग्नावशेषबाट कम्तीमा ४० जनालाई उद्धार गरिएर अस्पताल पुर्‍याइएको र अहिलेसम्म दुर्घटनास्थलबाट १७ जनाको शव झिकिएको बताइएको छ ।

स्थानीय सञ्चारमाध्यमले खिचेका तस्बिरमा दुर्घटनाग्रस्त विमानमा भुँइमा बजारिएसँगै आगलागी भएको देखिएको छ । विमान दुर्घटनाग्रस्त भएको नजिकै घरहरू माथि बाक्लो कालो धुँवा देखिएको छ ।

सुरक्षा बलका प्रमुख सोबेजानाले भन्नुभयो, ‘राहतसहित उद्धारकर्मी घटनास्थानलमा छन् । यो निकै दुर्भाग्यपूर्ण छ । विमानले रनवे छोड्यो, फेरि उड्न खोज्यो तर नसक्दा दुर्घटना भयो ।’

स्थानीय समयअनुसार साढे ११ बजे दुर्घटनामा परेको विमानमा सवार धेरैजसो आधारभूत सैनिक तालिम पूरा गर्ने व्यक्तिहरू भएको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *