५ अर्बमा सीमित भयो सेयर कारोबार रकम
Published: (Updated: )
by .काठमाडौं । पछिल्लो केही दिन यता सेयर कारोबार मापक नेप्से परिसूचकसँग कारोबार रकम समेत सुस्ताउन थालेको छ । कुनै दिन २० अर्ब नजिकको कारोबार भएको सेयर बजारमा आइतबार भने जम्मा ५ अर्ब रुपैयाँको मात्रै कारोबार भयो । यो पछिल्लो २ महिना यताकै सर्वाधिक कम हो ।
साताको पहिलो दिन नेप्से परिसूचक ८ दशमलव ४८ अंकले घटेर २ हजार ८ सय ३४ दशमलव ५१ अंकमा झरेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.३३ अंकले घटेको छ । नेप्से परिसूचक होइन सेयर कारोबार रकम, कारोबार संख्या, कारोबार कित्ता सबै ओरालो लागेको छ ।
दिनभर भएका ६० हजार १७५ कारोबारबाट २२४ कम्पनकिा १ करोड ८ लाख ४२ हजार २२१ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम भने ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार २५७ रुपैयाँमात्रै भएको छ ।
Comments