Sajhamanch Archive

माओवादी केन्द्रद्वारा प्रदेश -१ को प्रदेशसभा अवरुद्ध

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by .

विराटनगर । विपक्षी दल नेकपा (माओवादी केन्द्र)ले प्रदेश नम्बर–१ को प्रदेशसभा बैठक आइतबार पनि अवरुद्ध गरेको छ । सदन सुरु हुनासाथ आफ्नो स्थानबाट उठेर प्रदेशसभा सदस्यले विरोध जनाएपछि सोमबारसम्मको लागि बैठक स्थगित गरिएको छ ।

योसहित लगातार तीनवटा बैठक अवरुद्ध भएको हो । माओवादीका सांसद मोहन खड्काले बजेट र कार्यक्रमको विषयमा उठाएको जिज्ञासाको जवाफ दिने क्रममा भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङ अमर्यादित ढंगले प्रस्तुत भएकोले माफी माग्नुपर्ने मागसहित माओवादी केन्द्रले बैठक अवरुद्ध गर्दै आएको छ । तर, अवरोध खुलाउने विषयमा सरकारले पहल गरेको छैन ।

मन्त्री गुरुङले सांसद खड्कालाई ‘भिजन नभएको नेता’ भन्दै सभामुखले चारपटकसम्म ‘रुलिङ’ गर्दा समेत मानमर्दन हुने गरी प्रस्तुत भएका थिए । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सदन खुलाउने सम्बन्धमा सरकारले वार्ता र छलफलको लागि चासो नदिएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *