Sajhamanch Archive

कोभ्याक्स अन्तर्गतको कोभिसिल्ड खोप जुलाईभित्र आउने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by .

काठमाडौं । विश्वव्यापी खोप अभियान कोभ्याक्स कार्यक्रमअन्तर्गत साढे तीन लाख डोज कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोप यही जुलाई महिनाभित्र नेपाल आउने भएको छ । कोभ्याक्सले दोस्रो लटमा नेपाललाई उक्त खोप जुलाईभित्र पठाउने भएको हो ।

स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले कोभ्याक्सलाई जतिसक्दो धेरै खोप उपलब्ध गराउन आग्रह गरिएको बताए । अहिलेको लटमा तीन लाख ५० हजार डोज पठाउने र जतिसक्दो थपेर नेपाललई खोप दिन प्रयासरत रहेकोे कोभ्याक्सले जनाएको उनले जानकारी दिए ।

विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमअन्तर्गत नेपालले कुल एक करोड २० लाख डोज खोप पाउनेछ । त्यसमध्ये तीन लाख ४८ हजार डोज यसअघि नै आइसकेको छ भने जुलाईभित्र दोस्रो लट पठाउन लागेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *