Sajhamanch Archive

त्रिविको उपकुलपतिको कार्यालयमा एमफिल र पीचडीका विद्यार्थीद्वारा धर्ना

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा, समाज, by .

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय(त्रिवि)मा एमफिल र पीचडी कार्यक्रममा बढाएको शुल्क वैज्ञानिक भएन भन्दै त्रिवि विद्यार्थी संघर्ष समितिले उपकुलपतिको कार्यालयमा धर्ना दिएका छन् ।

समितिका विद्यार्थीले त्रिविका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाको कार्यालयमा हिजोदेखि धर्ना बस्न सुरु गरेको विद्यार्थी संघर्ष दाहालले जानकारी दिए । उनले त्रिविले संघर्ष समितिले बुझाएको ३ बुँदे माग सम्बोधन नभएसम्म धर्नामा बसिरहने बताए । विद्यार्थीले त्रिविले एमफिल र पीचडीमा नियमित कार्यक्रम राख्नुपर्ने, ग्राजुएट स्कुल अफ साइन्सको स्थापना गर्नुपर्ने र निःशुल्क अध्ययनको वातावरण निर्माण गर्नुपर्ने छ ।

यता, त्रिविले विद्यार्थीको माग सम्बोधनका लागि समिति बनाएको र छिट्टै नै समाधान खोजिने जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *