एनएमसी सहकारी पसल (कोपसप)मा र्याक आपूर्तिका लागि सूचीकरण तथा कोटेसन आह्वान
Published: (Updated: )
by .सूचना प्रकाशित मितिः २०७८/०३/२२
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.को पूर्ण स्वामित्वमा सञ्चालित एनएमसी सहकारी पसलको प्रयोजनको लागि आगामी आर्थिक वर्षमा आवश्यक पर्ने फलामको स्ट्याण्डर्ड र्याक आपूर्ति गर्न चाहने फर्म/कम्पनीले निम्न कागजातसहित २०७८ असार २५ गतेभित्र संस्थामा निवेदन पेश गर्नहुन यो सूचना प्रकाशित गरिएको छ ।
१. फर्म/कम्पनी दर्ता तथा नवीकरण प्रमाणपत्रको स्क्यान कपी
२. करमा दर्ता भएको प्रमाणपत्रको स्क्यान कपी
३. आ.व. २०७६/०७७ को करचुक्ता प्रमाणपत्र
४. सूचीकरणका लागि निवेदन
५. तोकिए बमोजिम सामानहरुको कोटेसन
यस सूचनामा तोकिएको भन्दा फरक प्रकृतिका कुनै सामानहरु एनएमसी सहकारी पसलको लागि उपयुक्त हुन सक्ने भए उक्त सामानहरु समेत कोटेसनमा थप गर्न सकिनेछ ।
कोटेसन पठाउने ठेगानाः [email protected]
निम्न शर्तहरु अनिवार्य उल्लेख गर्नुपर्नेछः
१. फर्म कम्पनी अनिवार्य मूल्य अभिवृद्धि कर (VAT) मा दर्ता भएको हुनुपर्नेछ र पूरा भ्याट बिलसहित सामान पठाउनु पर्नेछ ।
२. कोटेसन स्वीकृत भएपछि संस्थाको तर्फबाट पटक पटक आदेश जारी गरिनेछ, प्रत्येक आदेश बमोजिमको काम सम्पन्न हुने बित्तिकै भुक्तानी गरिनेछ ।
३. उपलब्ध गराउन सकिने रङ्गहरु उल्लेख गर्नुपर्नेछ ।
४. संस्थाले तोकेको स्थानमा ढुवानी गरी जडान सम्पन्न गर्ने सम्पूर्ण कार्यहरु आपूर्तिकर्ताले स्वयम् गर्नुपर्नेछ । ढुवानी र जडान कार्यका लागि थप रकम लाग्ने भए सोसमेत कोटेसनमा उल्लेख गर्नुपर्नेछ । त्यस्तो रकमको संस्थाको नाममा भ्याट बिल प्राप्त भएपछि रकम भुक्तानी गरिनेछ ।
नबिन भण्डारी
प्रशासनिक प्रमुख
एनएमसी सहकारी पसल (कोपसप)
९८५२६८९४१७
Comments