Sajhamanch Archive

सहारा नेपाल साकोसले किसानलाई दियो कृषि सामग्री

Published: in समाज, सहकारी by .

भद्रपुर । सहारा नेपाल साकोस लि सेवा केन्द्र ज्ञानेचोकले आफ्ना शेयर सदस्यहरुलाई कृषिमा आत्मर्निभर बनाउन कृषि यान्त्रीकरण वितरण गरेको छ ।

सस्थाले एक कार्याक्रमका वीच किसानहरुलाई धान रोप्ने मेसिन तथा अर्गानिक तरकारी खेति गर्ने सदस्यहरुलाई टनेल वितरण गरेको हो । सस्थाको कार्यक्षेत्र भित्रका दुईवटा समुहलाई अनुदानमा धान रोप्ने मेसिन वितरण गरिएको सेवा केन्द्र प्रमुख सुदिप खड्काले जानकारी दिए ।

सहारा नेपाल साकोसले सँचालन गरेको लघुवित कार्याक्रममा आवद्य सदस्यहरुलाई सस्थाको कृषि कार्यक्रम अन्तरगत पहिलो चरणमा भद्रपुर नगरपालिका वडा न तीन स्थीत श्रीजङ्गंघा सहारा महिला समुहकी अध्यक्ष बेनुका लिम्बु र चार नम्वर वडामा रहेको बुद्य सहारा महिला समुहकी सचिव नर्वदेस्वरी तामाङ्गलाई एक एक थान धान रोप्ने मेसिन हस्तान्तरण गरिएको प्रमुख खड्काले बताए । मेसिन सँगै मेसिन चलाउने प्राविधिक ज्ञान समेत प्रदान गरिएकोले मेसिन चलाउन समस्या नहुने किसानहरुले बताएका छन् ।

यसै विच बेमौसमी तरकारी खेतिलाई प्रोत्साहन गर्दै सदस्यलाई तरकारीमा आत्मर्निभर बनाउने उदेश्यले सस्थाका विभिन्न समुहमा रहेका तरकारी खेती गर्ने २५ जना सदस्यहरुलाई एक एक थान टनेल वितरण गरीएको छ ।

टनेल सँगै टनेल खेती लगाउने प्राविधिक ज्ञान सहित टनेल निर्माण गर्न जनही रु पाचँ हजार अनुदान दिइएको कर्मचारी मुकुन्द उप्रेतीले जानकारी दिए । सोही कार्यक्रममा व्यवसायिक बाख्रा पावन गर्ने पाचँ जना कृषकलाई उन्नत जातको घाँसको विउ समेत वितरण गरिएको थियो ।

सहारा नेपाल साकोस झापाको चारपानेमा केन्दीय कार्याल रहेको नेपालको ठुलो सहकारीको रुपमा रहेको छ । एक नम्बर प्रदेस भरी कार्यक्षेत्र विस्तार गर्ने योजनामा रहेको साकोसमा एक लाख पचास हजार भन्दा बढी सेयर सदस्य रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *