Sajhamanch Archive

भारतलाई बंगलादेशको उपहार आँपः हसिनाले पठाइन् २६०० किलोग्राम

Published: (Updated: ) in विश्व समाचार by .

नयाँदिल्ली । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति रामनाथ कोविन्द र पश्चिम बंगालका मुख्यमंत्री ममता बनर्जीलाई उपहारका रुपमा २६०० किलोग्राम आँप पठाएकी छन्।‌

रंगपुर क्षेत्रमा उब्जाइएको हरिभंगा प्रजातिको आँप आइतबार बेनापोल हुँदै भारत प्रवेश गरेको‌ हो। कोलकातास्थित बंगलादेशका उप उच्चायोगका प्रथम सचिव (राजनैतिक) मोहम्मद समीउल कद्दारले आँप ग्रहण गरेका थिए।

बेनापोल भन्सार विभागका उपायुक्त अनुपम चकमाले आँपलाई दुई देश बीचको मित्रताको स्मृति चिन्हको‌ रुपमा रहेको बताएका छन्।

प्रधानमन्त्री हसिनाको बंगलादेश सीमासँग जोडिएका आसाम, मेघालय, मिजोरम र त्रिपुरा राज्यका मुख्यमन्त्रीहरुलाई पनि उपहारस्वरूप आँप पठाउने योजना रहेको बताइएको छ। यस अघि पनि प्रधानमन्त्री हसिनाले भारतीय नेतृत्वलाई उपहार पठाइसकेको जनाइएको छ ।

दक्षिण एशियाई कूटनीतिमा आँप र मिठाई उपहार स्वरुप पठाउनु सामान्य हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *