Sajhamanch Archive

बिर्तामोड प्राधिकरणका कर्मचारीको करेन्ट लागेर मृत्यु

Published: in समाज, स्थानीय तह by .

बिर्तामोड । विद्युत मिटर जोड्ने क्रममा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण बिर्तामोडका एक कर्मचारीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्राविधिक पदमा कार्यरत बिर्तामोड ५ निवासी ५७ वर्षिय कुलप्रसाद भट्टराई रहेका छन् । गरामनीमा आज बिहान मिटर जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो । घाइतेलाई उपचारका लागि बिएण्डसी हस्पिटलतर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्राधिकरण अनारमनी वितरण केन्द्रका प्रमुख संजयकुमार गुप्ताले बताए । मृतकको लाशलाई पोष्टमार्टमको लागि मेची अस्पताल पठाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *