झापाका व्यवसायी तथा समाजसेवी अग्रवालको निधन
Published: (Updated: )
by .झापा । झापाका चर्चित व्यवसायी तथा समाजसेवी व्यक्तित्व पर्शुराम अग्रवालको कोरोना संक्रमणबाट निधन भएको छ । भद्रपुर ५ निवासी उनी उपचारको क्रममा भारतको सिलगढीमा हिजो राती ९ वजे ६१ वर्षको उमेरमा निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।
उनको पार्थिव शरिरलाइै शिलगढी वाट अहिले विहान ६ वजे भद्रपुर ल्याउदै गरेको पारिवारीक श्रोतले जनाएको छ । उनलाइै कोरोना पोजेटीभ भएर केही समयदेखि भारतको सिलगढी स्थित माहाराजा नर्सिडहोसमा उपचाररत थिए । उनका पत्नि, १ छोरा र ४ छोरीहरु रहेका छन । पर्शुरामको निधनले भद्रपुर मात्र होइन झापालाइ नै अतुलनिय क्षति भएको छ ।
Comments