Sajhamanch Archive

भारतमा स्थापना गरियो सहकारिता मन्त्रालय

Published: (Updated: ) in अर्थतन्त्र, सहकारी by .

नयाँदिल्ली । सहकारी आन्दोलनलाई अझ बलियो बनाउने उद्देश्यले भारतमा सहकारिता मन्त्रालयको स्थापना भएको छ।

वर्षको सुरुमै अर्थमन्त्री निर्मला सीतारमणले आफ्नो बजेट भाषणमा सो मन्त्रालय स्थापना गर्ने वाचा गरेकी थिइन्।

प्रधानमन्त्री मोदीको ‘सहकार से समृद्धि’ अवधारणालाई साकार बनाउने उद्देश्यले छुट्टै मन्त्रालयको गठन गरिएको हो। मंगलबार मन्त्रिपरिषद् सचिवालयले सो कदमलाई ऐतिहासिक भनेर वर्णन गरेको छ।

सो मन्त्रालयले मुलुकमा सहकारी आन्दोलन सुदृढीकरणका लागि छुट्टै प्रशासनिक, कानूनी र नीतिगत रूपरेखा उपलब्ध गराउने जनाइएको छ।

यसले सहकारी समितिलाई ग्रामीणस्तरसम्म पुग्ने सच्चा जन आधारित आन्दोलनको रुपमा स्थापित गर्ने विश्वास लिइएको छ।

मन्त्रालयले सहकारीहरूका लागि ‘व्यापार सहजिकरण गर्न’ प्रक्रिया सुव्यवस्थित गर्न र बहुराज्य सहकारी (एमएससीएस)को विकास गर्ने कार्य गर्ने जनाइएको छ।

‘हाम्रो देशमा सहकारीमा आधारित आर्थिक विकासको मोडेल निकै प्रासंगिक छ, जहाँ प्रत्येक सदस्यले जिम्मेवारीको भावनाका साथ काम गर्नेछन्, मन्त्रिपरिषद् सचिवालयका अधिकारीको भनाई छ ।

इण्डियन न्यूज नेटवर्क

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *