Sajhamanch Archive

तनहुँमा पहिरोमा पुरिएर एकजना बेपत्ता

Published: in मिडियाबाट साभार, समाज, by .

दमौली । तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एकजना बेपत्ता भएका छन् ।

ऋषिङ–८, माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापा पहिरोमा पुरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । श्रेष्ठका अनसार आज बिहान ५ः३० बजे घरबाट गोठमा गएका उनलाई माथिबाट पहिरो खस्दा पुरेको हो ।

“श्रृंगपथ तलबाट पहिरो खसेको छ,” उनले भने । बेपत्ताको स्थानीयवासीले खोजीकार्य गरिरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *