Sajhamanch Archive

मलेसियामा १५ वर्षदेखि कार्यरत सप्तरीका एक युवाको मृत्यु

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, समाज by .

सप्तरी । सप्तरीका एक जना युवाको मलेसियामा ज्यान गएको छ ।

सप्तरीको राजविराज नगरपालिका १५ का ४० वर्षीय मदन कुमार शर्माको मलेसियामा ज्यान गएको हो ।

१५ वर्षदेखि मलेसियाको भीसीआई कम्पनीमा कार्यरत मदनलाई केही समयदेखि ज्वरो आएको भए पनि ढिलो गरी अस्पताल लगिएको र उपचारको क्रममा मलेसियाको एक अस्पतालमा ज्यान गएको परिवारले जनाएको छ ।

कम्पनीले समयमा अस्पताल नलग्दा मदनको ज्यान गएको परिवारले आरोप लगाएका छन् । मृतकको शव यथा सक्दो चाँडो नेपाल ल्याइदिन परिवारले सरकारसँग अनुरोध गरेका छन् । मदनको २ छोरा र एक छोरी रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *