Sajhamanch Archive

कन्काई नदीको बाढी पस्दा ८४ घर डुबानमा

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

झापा । झापा गाउँपालिका–१ मिलन बस्तीमा कन्काई नदीको बाढी पस्दा ८४ घर डुबानमा परेका छन् ।

इलाका प्रहरी कार्यालय कुमरखोदका अनुसार अविरल वर्षापछि कन्काईमा आएको बाढीले सिंगो गाउँ नै डुबानमा परेको हो ।

प्रहरीका अनुसार मिलन बस्तीस्थित सतार गाउँमा ठूलो माई खोलाको बाढी पसेको हो । बाढीको पानी घर–घरमा पसेको छ । बाढी प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि पालिकासँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी राकेश थापाले जनाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *