त्रिदेशीय फुटबलको उपाधि विजेता राष्ट्रिय टिमका खेलाडीले आज पुरस्कार पाउने
Published: (Updated: )
by .काठमाडौं । गत चैतमा घरेलु मैदानमा सम्पन्न भएको त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता राष्ट्रिय फुटबल टिमका खेलाडीले आज (आइतबार) पुरस्कार रकम पाउने भएका छन् ।
गत चैतमा उपाधि जित्दा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुलाई जनही चार लाख दिने घोषणा गरेका थिए ।
ओलीले बालुवाटारमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर उपाधि विजेता खेलाडीलाई पुरस्कृत गर्न लागेका हुन् ।
नेपालले कीर्गिस्तानको ओलम्पिक टिम र बंगलादेशको राष्ट्रिय फुटबल टिमसँग त्रिदेशीय फुटबल खेलेको थियो । फाइनल खेलमा नेपालले बंगलादेशलाई हराएको थियो ।
नेपालले फाइनलमा बंगलादेशलाई २–१ ले हराएको थियो । नेपालको जितमा सञ्जोक राई र बिशाल राईले एक/एक गोल गरेका थिए ।
औपचारिक कार्यक्रम बिहान साढे ११ बजे सुरु हुनेछ ।
Comments