वेस्ट इन्डिज अस्ट्रेलियासँगको दोस्रो टी–ट्वान्टी ५६ रनले विजयी
Published: (Updated: )
by .काठमाण्डौ । घरेलु टिम वेस्ट इन्डिजले अस्ट्रेलियासँगको दोस्रो टी–ट्वान्टी ५६ रनले जितेको छ । लगातार दोस्रो जितसँगै पाँच खेलको ट्वान्टी ट्वान्टी श्रृङ्खलामा वेस्ट इन्डिजले २–० को अग्रता बनाएको छ । टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ओभरमा चार विकेट गुमाएर १ सय ९६ रन बनायो ।
जितका लागि १ सय ९७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १९ ओभर २ बलमा १ सय ४० रनमा समेटियो । अस्ट्रेलियाका लागि मिचेल मार्सले ५४ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । वेस्ट इन्डिजका हेडेन वाल्सले ३ तथा शेल्डन कोट्रेलले २ विकेट लिए । वेस्ट इन्डिजका शिम्रम हिटमायरले ६१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै ड्वाने ब्राभोले अविजित रहँदै ४७ रन जोडे । लेन्डल सिमोन्सले ३० रन बनाए ।
आन्द्रे रसेल २४ रनमा अविजित रहे । अस्ट्रेलियाका जोस हाजलउड, एस्टन अगर र मिचेल मार्सले १/ १ विकेट लिए । पहिलो खेल वेस्ट इन्डिजले १८ रनले जितेको थियो । तेस्रो खेल मङ्गलवार हुनेछ ।
Comments