Sajhamanch Archive

डेल्टा भेरियन्ट बेलायतमा तीव्र गतिमा फैलिदैँ

Published: in विश्व समाचार by .

काठमाण्डौ । कोरोना भाइरसको डेल्टा भेरियन्ट बेलायतमा तीव्र रुपले बढेको छ । पछिल्लो एक हप्तामा ३२ प्रतिशतले डेल्टा भेरियन्टको सङ्क्रमण बढेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप लगाएकालाई भन्दा खोप नलगाएकाहरुलाई डेल्टा भेरियन्टको समस्या देखिएको अनुसन्धानले देखाएको छ ।

अघिल्लो हप्तादेखि लकडाउन खुकुलो भएपछि बेलायतमा डेल्टा भेरियन्ट तीव्र रुपमा फैलिएको छ । सङ्क्रमण फैलिरहे पनि मृत्युदरमा भने कमी आएको बीबीसीले जनाएको छ । यसैबीच, कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि संयुक्त अरब इमिरेट्स यूएईले इन्डोनेसिया र अफगानिस्तानका यात्रुलाई प्रवेशमा रोक लगाएको छ ।

यूएई प्रवेश गर्नु १४ दिनअघि इन्डोनेसिया र अफगानिस्तानमा रहेकाहरुलाई पनि यो नियम लागू हुनेछ । तर, यी देशलाई ट्रान्जिट बनाएर यात्रा गर्ने तथा कार्गो विमानलाई भने कुनै रोकतोक नभएको यूएईले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *