Sajhamanch Archive

भारतको राजस्थान र उत्तराखण्डमा प्राकृतिक विपद्मा परेर १० जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

काठमाण्डौ । भारतको राजस्थान र उत्तराखण्डमा प्राकृतिक विपद्मा परेर १० जनाको मृत्य भएको छ । उत्तराखण्डको बागेश्वर जिल्लामा भारी वर्षा पछि पहिरो जाँदा एउटा घर भत्किएको छ । घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्य भएको छ ।

यस्तै, राजस्थानको कोटा जिल्लामा चट्याङ्ग लागेर चार जनाको मृत्य भएको छ ।

यस्तै, धौलपुरमा पनि चट्याङ्ग लाग्दा तीन जना बालबालिकाको मृत्य भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतका केही ठाउँमा केही दिनयता लगातारजसो मेघगर्जनसहित पानी परिरहेको खबरमा उल्लेख गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *