Sajhamanch Archive

चट्याङ्ग लागेर भारतमा २८ जनाको ज्यान गयो

Published: in विश्व समाचार by .

काठमाण्डौ । भारतमा चट्याङ्ग लागेर २८ जनाको ज्यान गएको छ । भारतको उत्तर प्रदेशका विभिन्न ठाउँमा चट्याङ्ग लागेर २८ जनाको ज्यान गएको हो ।

केही गम्भीर घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथले ज्यान गुमाउनेका परिवारलाई राहत स्वरुप चार/चार लाख रुपैयाँ दिने घोषणा गर्नु भएको छ ।

यस्तै, राजस्थानमा पनि चट्याङ्ग लागेर सात जनाको ज्यान गएको छ । हिजो भारतका विभिन्न राज्यमा चट्याङ्गसहित ठूलो वर्षा भएको भारतीय अधिकारीले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *