Sajhamanch Archive

६७९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजनाको लागि भारतको एसजेवीएनसँग सम्झौतामा हस्ताक्षर

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल लगानी बोर्डले भारतको सतलज जल विद्युत निगम लिमिटेडसँग ६७९ मेगावाटको तल्लो अरुण जल विद्युत आयोजनाको विकासको लागि आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।

सो द्वीपक्षीय हस्ताक्षरबाट भारत–नेपाल व्यापार र लगानी सम्बन्धले नँया मोड लिएको जनाइएको छ। आईबीएनले‌ जारी गरेको विज्ञप्ति अनुसार सो सम्झौता पत्रमा नेपाली पक्षबाट नेपाली लगानी बोर्डका अध्यक्ष सुशील भट्टले र भारतीय पक्षबाट एसईजेभीएन लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक नन्दलाल शर्माले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा नेपालका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्रा पनि उपस्थित थिए। तल्लो अरुण जलविद्युत परियोजना संखुवासभा र भोजपुर जिल्लामा निर्माण गरिनेछ।

उक्त परियोजना १अर्ब ३ करोड अमेरिकी डलरको अनुमानित लागतमा निर्माण गरिने उल्लेख छ। भारत–नेपाल पूर्वाधार विकास साझेदारीमा महत्वपूर्ण उपलब्धिको रुपमा सो परियोजनालाई हेरिएको विज्ञप्तीमा जनाइएको छ। सम्झौताले नेपाल र भारतबीच व्यापार सहयोगमा नयाँ आयामको सुरुवात गरेको लगानी बोर्डका अध्यक्ष भट्टले बताएका छन्।

आईएनएन

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *