Sajhamanch Archive

ब्राउनसुगरसहित इलामका दावा बिर्तामोडबाट पक्राउ

Published: in समाज, स्थानीय तह by .

बिर्तामोड । प्रतिबन्धित ब्राउनसुगरसहित इलामका एक व्यक्ति बिर्तामोडबाट पक्राउ परेका छन् ।

हिजो साँझ ५:३० बजे अर्जुनधारा नगरपालिका वडा नं ११ नयाँ बसपार्कमा अस्थायी प्रहरी विट बसपार्कबाट खटिएको प्रहरी टोलीले ईलाम नगरपालिका वडा नं ८ तिलकेनी बस्ने ३० वर्षिय दावा तामाङलाई पक्राउ गरेको हो ।

शंका लागेर चेकजाँच गर्ने क्रममा १३ ग्राम ८३० मिलिग्राम ब्राउनसुगरसहित उनलाई पक्राउ गरी थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *