Sajhamanch Archive

इराकको कोभिड अस्पतालमा आगलागी हुँदा ५० जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज, by .

काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचार हुने इराकको एक अस्पतालमा आगलागी हुँदा ५० जनाको मृत्यु भएको छ ।

इराकको नसिरिया शहरको दक्षिणमा अवस्थित अल-हुसेन अस्पतालमा सोमबार राति आगलागी भएको हो । तीन महिना अघि मात्र निर्माण गरिएको सो अस्पतालमा अक्सिजन प्लान्ट विष्फोट भएर आगो लागेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको अधिकारीहरुले बताएका छन् । समाचार एजेन्सी एपीका अनुसार अस्पतालका ७० वटा शय्या आगोमा जलेका छन् ।

यो घटनापछि इराकका प्रधानमन्त्री मुस्तफा अल कदिमीले अस्पताल प्रमुखलाई पक्राउ गर्न निर्देशन दिएको बीबीसीले जनाएको छ ।

घटनाको विरोधमा बिरामीका आफन्तहरुले अस्पताल बाहिर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले प्रहरीका गाडीहरु पनि जलाइदिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *