Sajhamanch Archive

जानुका बचाउँ अभियानमा स्थानिय संघ सस्थाद्वारा सहयोग रकम संकलन

Published: in समाज, स्थानीय तह by .

कमल गाउँपालिका । जानुका दुलाल बचाउँ अभियानमा स्थानिय संघ सस्थाद्वारा सहयोग रकम संकलन गर्ने कामको सुरुवात गरिएको छ ।

ब्लड क्यान्सर भएर काठमाडौ स्थित टिचिङ्ग अस्पतालमा उपचारत दुलालको आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि लायन कल्ब अफ केर्खा, कमल नगर जेसीज, लियो क्लव अफ केर्खाको समन्वयमा सहयोग रकम संकलन सुरु गरिएको हो ।

यसरी सहयोग रकम जम्मा गर्ने संघ सस्थामा लायन क्लव अफ केर्खाबाट २७ हजार ५ सय रुपैयाँ, कमल नगर जेसीजबाट २७ हजार ५ सय रुपैयाँ, केर्खा बजारका व्यवसायीबाट ७६ हजार ६ सय ५५ रुपैयाँ र नेपाली काग्रेस कमल ३ बाट २० हजार रुपैयाँ गरी जम्मा एक लाख ५१ हजार ६ सय ५५ रुपैयाँ जानुकाका हजुरबुबा हर्कबहादुर आचार्यलाई बुझाइएको लायन क्लव अफ केर्खाका सस्थापक अध्यक्ष अग्निप्रसाद कोईरालाले जानकारी दिए ।

कमल गाउँपालिका ३ केर्खामा चिया पसल सन्चालन गर्दै आएका आचार्यकी नातीनी गत जेठदेखि टिचिङ्ग अस्पतालमा उपचारत छन् । उनको उपचारत १६ देखी १८ लाख रुपैयाँसम्म खर्च लाग्ने उपचारमा संलग्न डाक्टरले बताएको विरामीका हजुरबुबा आचार्यले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *